kp

अध्यक्ष ओली बैठकमा उपस्थित नभएपछि नेकपा सचिवालय बैठक स्थगित

इन्द्रेणी संवाददाता
काठमाडौं, १७ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि केहीबेर बसेर बैठक स्थगित भएको हो ।

kpसचिवालय सदस्यहरु बैठकका लागि बालुवाटार गएपनि प्रधानमन्त्री ओलीले आफ्नो व्यस्तता देखाउदै बैठकमा सहभागी भएनन् ।
अब अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बताइएको छ । हिजो दुबै अध्यक्ष सहभागी बैठकले बैठक आज १ बजे पुनः बस्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकको पक्षमा छैनन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरु बैठकबाटै पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com