mal

राप्ती गाउँपालिकामा अनुदानको मल विक्री गर्न आठ सहकारीलाई जिम्मा

तिर्थराज ज्ञवाली
देउखुरी, १७ मंसिर । राप्ती गाउँपालिकामा सरकारी अनुदानको मल विक्री वितरणको लागि सहकारी र कार्यक्षेत्र तोकिएको छ ।

malकृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको र कृषि ज्ञान केद्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदनमाथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्री वितरण गर्न छनोट गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए ।

अनुदानको रासायनिक मल विक्री वितरणको लागी इच्छुक स्मृती कृषि सहकारी संस्था लालमटिया, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाट, देउकी कृषि सहकारी संस्था पहरुवा, सिसहनिया साना किसान कृषि सहकारी संस्था सिसहनियाँ, छिमेकी कृषि सहकारी संस्था, नबप्रतिभा कृषि सहकारी संस्था, जय गुरु बाबा कृषि सहकारी संस्था र सिसहनिया कृषि सहकारी संस्था छनौटमा परेको कृषि प्राविधिक सहायक सीमा भट्टले बताए ।

राप्ती गाउँपालिका भित्र रहेका सहकारीहरु छनोट गरी अनुदानको रासायनिक मल विक्री वितरणको लागी कार्यक्षेत्र समेत तोकिएको छ । जसमा इच्छुक स्मृती कृषि सहकारी संस्थाले वडा नं. १, २ को पुरै र ३ नं वडाको मसुरिया बड्का गल्लीबाट पुर्वी भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्थाले वडा नं. ४ को पुरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देविकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक बरसाती गडरियाले बताए ।

त्यस्तै देउकी कृषि सहकारी संस्थाले वडा नं. ५ को पहरुवा, भुल्के, चित्रिकोट र करङ्गे साथै ६ नं. वडाको पथ्थरगढवा समेत, सिसहनिया साना किसान कृषि सहकारी संस्थाले वडा नं. ५ को कालापानी, कमलरोड र वजार क्षेत्र, छिमेकी कृषि सहकारी संस्थाले वडा नं. ५ को सिङ्गे, लठहवा र थकरीकोट क्षेत्र, नबप्रतिभा कृषि सहकारी संस्थाले वडा नं. ६ को पथ्थरगढवा वाहेक पुरै र ७ नं वडाको जगपुर क्षेत्र, जय गुरुबाबा कृषि सहकारी संस्थाले वडा नं. ७ को जगपुर बाहेक पुरै क्षेत्र र सिसहनिया कृषि सहकारी संस्थाले वडा नं. ८ को पुरै क्षेत्रमा मल विक्री वितरण गर्ने छन् ।

छनोट भएका सहकारीहरुको विक्री मुल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मुल्यमा लोड अनलोड वापत प्रति बोरा ५०केजीको रु १४ र ढुवानी खर्च र व्यवस्थापन खर्च वापत प्रतिबोरा ५० केजीको रु ५० र गरी प्रति बोरा एकमुस्ट ६४ मात्र थप गरी विक्री मुल्य निर्धारण गर्नुगर्ने छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com