accdent

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

इन्द्रेणी संवाददाता
बैतडी, ९ मंसिर । बैतडीमा ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको जीप दशरथचन्द नगरपालिका वडा नं. १० बुड्डामा आज दिउँसो दुर्घटना भएको हो ।

accdentजीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका ५ की ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
जीप तीव्र गतिका कारण अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । जीपका चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com