coronabata mrityu

आज थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता
काठमाडौं, ७ मंसिर। नेपालमा आइतवार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

coronabata mrityuनेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ जना रहेका छन् भने कोरोनाबाट निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ। विगत २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेका स.ख्या १ हजार ३२१ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com