IMG_8479

माननिय मेटमणी चौधरी द्वार काउले करमकोट सडक उद्घाटन

शान्त कुमार बुढा मगर
घोराही मंसिर ६  । दाङ्ग क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननिय मेटमणी चौधरीले घोराही उप महानगर पालिका वडा नं. १ अन्तरगत पर्ने काउले करमकोट सडक उद्घाटन गर्नुभएको छ ।
चौधरीले शुक्रवार करमकोटमा एक कार्यक्रमका विच सडक उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै चौधरीले ने.क.पा.को सरकार यहि माघमा तिन वर्ष पुग्न लागेको र यो अवधिमा ने.क.पा.को सरकारले जनपक्षीय काम गरेको उल्लेख गर्नुभयो । उहाँले आफुले आफ्नो निर्वाचन क्षेत्र भित्र विकाश निर्माणका लागि लागि परेको वताउनुभयो । यो साल मात्रै पैँतिस सय बैसट्ठी घर परिवार लाई टिनको छाना प्रदान गर्ने योजना रहेको वताउनुभयो । त्यस्तै ऐलानी प्रतिजंगलमा वसोवास गर्दै आईरहेका वासिन्दाको लागि व्यवस्थि गर्न कानुन वनेको वताउदै यदि दश वर्ष देखि वस्दै आएका वस्तीका वासिन्दालाई सिधै लालपुर्ज दिने कानुन व्यवस्था रहेको वताउनुभयो । उहाँले यस क्षेत्र निकै विकट र पिछडिएको भन्दै यहाँको समग्र विकासको लागि आफु निरन्तर लागि परेको र सधैँ लागि पर्ने समेत प्रतिवद्घता व्यक्त गर्नुभयो । IMG_8451
निर्वाचन क्षेत्र विकासकोष अन्तरगतको रु. ५० लाखको लागतमा काउले देखि करमकोट सम्मको ३.६ किलो मिटर सडक निर्माण गरिएको हो । सडकले यस क्षेत्रको विकासमा फड्को मार्ने भन्दै यहाँका स्थानियले स्वागत तथा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा ने.क.पा. प्रदेश समिति सचिवालय सदस्य लक्ष्मण आचार्य जिल्ला कार्यालय सचिवालय सदस्य सुरामणी वेल्वासे घोराही उपमहानगर पालिका डिभिजन इन्जिनियर युवराज पौडेल घोराही उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष भिम वहादुर सार्की ने.क.पा दाङ जिल्ला कार्यालय सचिव केशव न्यौपाने जिल्ला कमिटी सदस्य चिन्तामणी आचार्य नगर कमिति सदस्य सम्भु पोख्रेल अनेरास्वभियू जिल्ला सदस्य गिरिवहादुर महरा लगायतको उपस्थीती थियो । कार्यक्रमको संचालन तथा सभाध्यक्ष घोराही उपमहानगर पालिका डिभिजन इन्जिनियर युवराज पौडेल घोराही उपमहानगर पालिका वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे रहनुभएको थियो ।

About Shant Kumar Budha Magar

Social Media Auto Publish Powered By : XYZScripts.com