coronabata mrityu

कोरोनाबाट थप २२ जनाको मृत्यु, संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ५ मंसिर । नेपालमा शुक्रवार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

coronabata mrityuनेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेका छन् भने हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार २९८ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७५३ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २४ हजार ६६५ जना रहेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com