death-586cef03992fc3.75466150

वडाअध्यक्षद्वारा आत्महत्या

महेन्द्नगर । कञ्चनपुरमा एकजना जनप्रतिनिधि (वडाध्यक्ष) मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष मृत फेला परेका हुन् ।

बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उमेरले ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजेतिर घरबाट निस्किएका थिए । घरबाट निस्किएका वडाध्यक्ष रोकायालाई बिहान साढे १० बजे मृत भेटिएको डीएसपी थापाले जानकारी दिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com