3

प्रहरी समायोजनको बाटो खुल्यो

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो ।

3प्रहरी समायोजन विधेयक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । नयाँ व्यवस्थाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एक र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पाँच गरी छ दरबन्दी थप गरेको छ ।

सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआईजीको सातवटा दरबन्दी घटाएर तीन र डीआईजीको २६ वटा दरबन्दी घटाएर १४ पुर्याएको थियो । थप गरिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल (प्राविधिक) गरी पाँचजना एआईजीको व्यवस्था गरेको छ । सातै वटै प्रदेश प्रहरी प्रमुखको रुपमा डीआईजीलाई खटाउने छ । एआईजी र डीआईजीको थप दरबन्दी स्वीकृत भएसँगै बढुवा प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com