juwa-ko-khal

दाङमा दशैं र तिहारमा ६५ जुवाडे सवा १५ लाखबढी नगदसहित पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । दाङ प्रहरीले दशै र तिहारको समयमा जिल्लाका विभिन्न स्थानबाट ६५ जना जुवाढेलाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

juwa-ko-khalजिल्लाका विभिन्न दश स्थानबाट ६५ जना जुवाढेलाई १५ लाख १८ हजार २२० रुपैयाँ नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नियन्त्रणमा लिइएका ६५ जुवाडेमध्ये ५३ जना जरिवाना तिरेर छुटिसकेका छन् भने १२ जनामाथ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनीहरुबाट ७३ गडुडी तास पनि बरामद गरेको छ ।

ee

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com