juwa-ko-khal

दाङमा साढे दुई लाखसहित सात जुवाडे पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ३ मंसिर । दाङमा प्रहरीले सात जना जुवाडेलाई साढे दुई लाख बढी नगदसहित पक्राउ गरेको छ ।

juwa-ko-khal-620x330घोराही उपमहानगरपालिका १६ मुना टोलबाट २ लाख ६८ हजार ३१५ रुपैयाँसहित उनीहरुलाई जुवाको खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोप्पे सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । यसरी पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com