COVID-19-vaccine

कोरोना विरुद्धको खोप बनाउदै चीन

काठमाडौैं, ३ मंसिर । चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले मध्य चरणमा सफलता पाएको अनुसन्धानकर्ताले बताएका छन् ।

COVID-19-vaccineसिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।

अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो ।

अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । विकास भइरहेका चार वटा खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डोनेसिया र ब्राजिलमा भइरहेको छ । ती खोप ६० हजारभन्दा धेरै मानिसले लगाइसकेको बीबीसीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com