sita ama

हार्दिक श्रद्धाञ्जली आमा !

केशरमान बुढाथोकी

जीवनको एक लामो यात्रा
जहाँ सुखको अनुभुती गर्नै पाएनौ
दुस्ख नै तिम्रो सहयात्री बन्यो प्रत्येक पल !
खुकुरीको छरछराउदो धारमा पाइला टेक्दै
भय, त्रास , आतंक र सन्देह मै बिते तिम्रा कैयौं बर्ष ।

कहिले पतिको संझना
कहिले छोराछोरीको आघात माया ।
आफ्नो नामै भुलेर अरु कुनै चिनारी दिदै
वर्ग बैरीबाट जोगिन
खाली खुट्टा काँडाघारीमा कुदिरहदा
कहाँ पाए होला र आमा
तिम्रो शरीरले तोरीको तेल ?

आफ्नो परिवार संग संगै बसेर
दुस्ख सुख बाँड्ने रहर त तिम्रा पनि करोडौं थिए होला आमा ।
तर तिम्रो परिवार
तिम्रो आफ्नो मात्र परिवार थिएन ।
तिम्रा अभिभावक
मुलुककै अभिभावक थिए ।
अनि कुदिरहे समाज परिवर्तन गर्न
तर !
तिमी भने पर्खीरहयौ
सगरमाथा झैं अटल बनी ।
एकदिन सुनौलो बिहान आउने
स्वर्णिम कल्पना गर्दै ।

अरु कसैको कुभलो नचाहने तिमी ।
आफ्नो जीवनमा
न कसैलाई चोट दियौ ।
न कसैलाई पीडा ।
बरु
दुस्ख, पीडा र चोटका हजारौं पोकाहरु
बोकेर आफै पिल्सियौ होला बर्षौं ।

हो आमा !
भर्खरै जून अस्थाएको थियो
सुर्यका सुनौला किरणले धर्तीमा स्पर्श गर्दै थिए ।
आउँदै थियो तिम्रो सुदिन ।
तर आमा !
त्यो सुदिनको अनुभुती गर्नै नपाइ
तिम्रो देह छिन भैसकेछ
बूढो रुख जस्तै ।

सुखानुभुती गर्ने अवसर नै नपाइ ।
तिम्रो देहले अभिमन्यु जस्तो अल्पायुमै
त्याग्यो यो संसार ।

तिम्रो ओठमा
मुस्कान हेर्ने रहर हुदाहुदै
ओठमा मुस्कान आउनै नपाई
तिमिले रोज्यौ अर्को बाटो !
तय गर्यौ अनन्त यात्रा
बस !
छाडेर गयौ सम्झनाका बाछिट्टाहरु ।
दुःखको यस घडीमा
शब्द गुच्छाद्वारा भावविभोर हुँदै हार्दिक श्रद्धाञ्जली आमा !
हार्दिक श्रद्धाञ्जली आमा  !

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com