Joi-biden_Fzzs

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

काठमाडौं, २३ कार्तिक । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । हालै भएको राष्ट्रपतीय चुवाबबाट उनी डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Joi-biden_Fzzsजो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का भएको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी भएका हुन् । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २७३ इलेक्टोरल भोट प्राप्त गरेका छन् । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसकेका थिए ।साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसकेका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com