bhawan bhatkiyara mrityu

चर्चको ६ तले भवन भत्किँदा २२ जनाको मृत्यु

इन्द्रेणी संवाददाता 
घानामा चर्चको ६ तले भवन भत्कँदा शुक्रबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परेर कैयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरूको संख्या अझै धेरै हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । घटना भएका वेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चारमाध्यमले संप्रेषण गरेका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com