coronabata mrityu

कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु

इन्द्रेणी संवाददाता 
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १५ जनाको  मृत्यु भएको छ । योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर १७ सय ४१ जना नयाँ संक्रमित थपिएको र चार हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित भने ४३ हजार दुई सय ९३ जना छन् । संक्रमितमध्ये दुई सय ८५ आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com