Balbir Nepali

उपचार गर्ने पैसा नहुँदा अस्पतालबाट फर्किए मिर्गौला पीडित पत्रकार

केशरमान बुढाथोकी
दाङ, १० कार्तिक । कुनै समय दुखि,पीडित र आवाज हिनहरुको आवाज बोल्दै सबैलाई सुसुचित गर्ने पत्रकार यतिबेला उपचार खर्च नहुँदा मृत्यु शैयामा छटपटाइरहेका छन् ।

रोल्पा रुम्टीगढी –३ मसिना निवासी २३ बर्षीय बलवीर नेपाली एक निम्न बर्गीय परिवारमा जन्मिएर ठुलो मान्छे बन्ने सपना देखे । ूदर्दिले कथेको दैवले सुन्छू भने झैं निम्नबर्गीय परिवारमा जन्मिएर ठुलो मान्छे बन्ने उनको सपना साकार हुन नपाउदैं उनको जीवनमा त्यतिबेला कालो बादल मडारियो जतिबेला उनि आफु मिर्गौला रोगि भए भन्ने थाहा पाए ।

बलवीर नेपालीका कैयौं साथीहरु यतिबेला बिदेशी भूमिमा गएर पैसा कमाइ निम्न बर्गीय जीवनशैलीबाट माध्ययम बर्गीय जीवन बिताई रहेका छन् । कतिपय साथीहरु पढीलेखेर जागिर खाँदै छन् भने कतिपयले ब्यापार ब्याबसाय गरेर आफ्नो जीजिबिका चलाएका छन् । दुर्गम पहाडको एक दलित बस्तीमा जन्मिएर ठुलो मान्छे बन्ने सपनाले उनलाई पत्रकारिता पेसा तर्फ धकेल्यो ।

पत्रकारिता पेसा समाज सेवाको एक अंग हो र यसले आफुलाइ पनि संसारमा चिनाउने काम गर्छ भन्ने मात्र जानेर जीवनका सुनौला सपना बुन्दै पत्रकारितामा प्रवेश गरेका नेपाललाई त्यतिबेला के थाहा जीवनको कुनै मोडमा उपचार खर्च जुटाउन नसकेर यसरी जीवनको भिख माग्नु पर्नेछ भन्ने कुरा । तर विधिको बिडम्बना नियतीले उनलाई त्यस्तै ठाउँमा पुर्याइदियो ।

आफ्नो जीवनमा परेको बज्रपात सम्झेर भक्कानिदै बलिन्द्रधारा आँशु बगाउदैन उनि भन्छन हे भगवान मेरो जीवन बचाइदिने कोहि सहयोगी हातहरु जुटिदिनुहोस । म यो संसारमा अझैं धेरै बाँचेर समाजसेवा गर्न चाहन्छु । तर हाल सम्म उनको पुकारा सुनिदिने खासै कोहि भेटिएका छैनन् ।
उनलाई मृगौला रोगको समस्या भएपछी उपचारका लागि अस्पताल भर्ना भए तर पैसा तिर्न नसकेपछि अस्पतालले उनलाई घर फर्काइदियो अनि आर्थिक बिपन्न हुनुको र गरिब परिवारमा जन्मिनुको बास्तविक पीडाबोध गर्दै जीवन देखि नै हार खाएको बताउछन पत्रकार नेपालीले ।

भारतको दिल्ली स्थित मर्का आयुर्बेदमा यमृगौला रोगको उपचार गर्दै आएका नेपालीलाइ अस्पतालले घर फर्काइदिएपछि हाल उनको स्वास्थ्य अवस्था निकै जिर्ण छ । अनुहार , हात, खुट्टा सुन्निएर थला परिसकेका नेपालीले तर अझैं जीवन देखि हार खाएका छैनन् ।

उपचार खर्च गर्ने पैसा नहुँदा घर फिर्ता भएका नेपालीले स्वदेश तथा बिदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुलाई थोरै रकम सहयोग गरेर जीवन रक्षा गरिदिन अपिल गरेका छन् । लामो समय सम्म रेडियो गणतन्त्रमा कार्यरत नेपालीको उपचार खर्चमा प्रति महिना रु ४० हजार रुपैयाँ लाग्ने बताएका छन् ।
साधारण उपचार गराउने समेत आर्थिक अवस्था नभएका नेपालीले आफन्तहरुबाटको सहयोगमा २ लाख रुपैयाँ सहयोग भएपछी अहिले सम्म बाँच्न पाइएको बताउदै आफ्नो पुरै उपचारका लागि अझैं १० लाख खर्च लाग्ने र यो रकम पहाडिया जायजेथा बेचेर पनि नपुग्ने भएकाले उपचार खर्चका लागि याचना गरेको उनको भनाइ रहेको छ ।

दैनिक साझ बिहानको छाँक टार्न मुस्किल भएको परिवारमा यस्तो आपत आइलागे पछी अरुको मुख ताख्नु सिवाय अरु केहि बिकल्प नभएको ठान्ने नेपालीले जीवन रक्षाका लागि अपिल गरेका हुन् । “दुखीको घरमा मात्र तेरो बास हुने भए हे इश्वर दया राखी मलाई अझैं दुख दे”भन्ने भनाइ आफ्नो जीवनमा चरिथार्थ भएको बताउने नेपालीले सहयोगी हातहरुलाई सेन्चुरी बैङ्कमा रहेको आफ्नो खाता नम्बर ०८६००००३८९ सी ५ वा ९८६२१०५८०७ मा सम्पर्क गरी सक्दो सहयोग गर्न अपिल गरेका छन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com