rrr

‘र’ प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटघाट

काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलले शिष्टाचार भेट गरेका छन् ।

rrrबुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुईपक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com