koronana

नेपालमा कोरोना संक्रमितको संख्या साढे एक लाख नजिक, मर्नेको संख्या ८१२ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ६ कार्तिक । नेपालमा आज बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronanaमन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् । छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४४ हजार ८७७ जना रहेका छन् ।त्यस्तै हालसम्म १३ लाख ५० हजार १५२ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com