DSC_0469

प्रहरीद्धारा १०५ लिटर घरेलु मदिरा नष्ट

सल्यान, ६ कार्तिक । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो ।

DSC_0469कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रीका लागि लुकाइ छिपाइ राखेको घरेलु मदिरा १०५ लिटर, मदिरा बनाउनका लागि तयार पारिएको कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनकबहादुर भण्डारीले जानकारी दिए ।

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको उनले बताए । बरामद गरिएको मदिरा जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधी, स्थानीय ब्यापारी लगाएतको रोहबरमा कपुरकोट ३ स्थित डम्पीङ साइडमा नष्ट गरिएको इन्चार्ज भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत कपुरकोेटबाट घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

छ्यापछ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले नियन्त्रणमा लिनु परेको प्रहरीको भनाइ छ । अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु लगायतका घटना हुने गरेको प्रहरीको भनाइ छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com