corona sankramit ko upachar

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि, मर्नेको संख्या ७६५ पुग्यो, ९६ हजार ६०९ निको भए

इन्द्रेणी संवाददाता
काठमाडौं, ४ कार्तिक । नेपालमा आज मंगलवार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

corona sankramit ko upacharमन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ७६५ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् । वितेको २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४१ हजार ७५५ जना रहेका छन् । नेपालमा मंगलवारसम्ममा सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ हजार ७०२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com