122078968_936908646837381_7553748363198738924_n

अबैध विदेशी मुद्रासहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । दाङमा प्रहरीले अबैध विदेशी मुद्रासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

122078968_936908646837381_7553748363198738924_nलमही नगरपालिका ९ अमिलियास्थित बस्नेत होटलमा अबैध विदेशी मुद्राको कारोवार भइरहेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको टोलीले धादिङको गल्छी नगरपालिका ५ का ३१ वर्षीया सर्मीला कोइराला, उनका श्रीमान ५६ वर्षका रामबहादुर तामाङ र बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका ४ का २८ वर्षका मंगलप्रसाद थारुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट The United States of America लेखेका २० नोटदरको ८ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोलहपुरमा पठाइएको प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com