fnj dang

पत्रकार सुनारमाथिको लुटपाट र दुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण

इन्द्रेणी संवाददाता
दाङ, ३ कार्तिक । नेपाल पत्रकार महासंघ दाङले तुलसीपुरस्थित रेडियो हाम्रो पँहुचमा कार्यरत पत्रकार सविता सुनारमाथि भएको लुटपाट र दुव्र्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

fnj dangकार्यालयबाट काम सकेर घर फर्केने क्रममा साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हल अघि केही लुटेराहरुले उनीमाथि लुटपाट गर्नुका साथै दुव्र्यवहार गरेका हुन ।

सो घटनाको क्रममा संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केही सुनका गरगहना लगायत लुटपाट गरिएको छ । बाटोमा हिडिरहेकी सुनारमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाइलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् ।

महासंघले कोभिड १९ को जोखिमका बावजुद पनि जनतालाई सुचना प्रदान गर्ने आफ्नो जिम्मेवारी पुरा गरिरहेकी सञ्चारकर्मीमाथि भएको यस्तो घटनाको महासंघ कडा शब्दले आपत्ति तथा निन्दा प्रकट गरेको छ ।

साथै हालसम्म पनि दोषि पक्राउ नपरेको अवस्थामा तत्काल दोषिलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याउन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । महासंघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि ध्यानाकर्षण गराउँदै सबै सञ्चारकर्मीले सुरक्षित रुपमा आफ्नो जिम्मेवारी पुरा गर्ने वातावरण बनाईदिन पनि दाङ प्रहरी तथा प्रशासन समक्ष माग गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com