dev

प्रहरीद्धारा पत्रकार बस्नेतमाथि भएको दुर्व्यवहारप्रति प्रेस युनियनको निन्दा

दाङ, ३० असोज । नेपाल प्रेस युनियन दाङले स्वर्गद्वारी एफ.एम. र नागरिक दैनिकमा कार्यरत पत्रकार देबेन्द्र बस्नेतमाथि प्रहरीबाट भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

devजनताको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीबाट पत्रकारहरुमाथि केही समयदेखि भइरहेका दुव्र्यवहारका घटनाप्रति प्रेस युनियन गम्भीर बनेको समेत जनाएको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतलले शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर केही दिन पहिले रेडियोबाट कोठा फर्किरहेका पत्रकार बस्नेतमाथि भएको अभद्र व्यवहारको विरोध जनाएका हुन् ।

विशेषगररी रातीको समयमा काम गर्ने, सूचना संकलन तथा सम्प्रेषणमा खट्ने पत्रकारमाथि प्रहरीबाट बारम्बार भैरहेका दुव्र्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस प्रकारका घट्नाहरु आगामि दिनमा नहोह¥याउन समेत आग्रह गरेको छ ।

‘राती १० बजेसम्म सञ्चालन हुने रेडियोको १० बजेको समाचार बुलेटिन बाचन गरेर एक सय मिटरको दुरीमा रहेको कोठामा जाँदै गर्दा गाडीमा गस्तीमा रहेको प्रहरीले गाडिभित्रैबाट अश्लील शब्द प्रयोग गरी गालिगलौच गर्नुका साथै पुनः सडकमा देखिए राम्रो नहुने धम्की दिने र सोही स्थान भन्दा केही अगाडि पुग्दा मोटरसाइकलमा सवार प्रहरीले पुनः रातिमा नहिड्न धम्की दिएको घट्नाले प्रहरीको मानसिक्ता सहजै बुझ्न सकिन्छ’–विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रेस युनियन दाङका निवर्तमान जिल्ला सचिव समेत रहेका बस्नेत मात्र नभई घोराहीबाट प्रकाशन हुने पत्रिका र सञ्चालन भइरहेका एफ एम रेडियोमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु राती अबेर डिउटी सकेर घर फर्कने क्रममा दुःख नदिन समेत आग्रह गरेको छ ।

सूचना सम्प्रेषण कार्यमा सम्लग्नहरुलाई रातीमा सुुरक्षा प्रदान गर्नुको साटो उल्टै प्रहरीबाट रातीमा नहिड्न बारम्बार धम्कि आउनु र जिल्ला प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई घटनाको बारेमा जानकारी गराँउदा पनि कुनै सुनुवाइ नहुनुले युनियनलाई गम्भीर बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञीपतमा यस प्रकारका घटना पुनः दोहोरीन नदिनका लागि बिश्वासको वातावरण तयार पार्न जिल्लाको सुरक्षा निकायलाई प्रेस युनियनले आग्रह समेत गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com