sp

जिल्ला प्रहरी कार्यालय दाङको चाडपर्व विषेश सुरक्षा योजना : एक हजार सुरक्षाकर्मी परिचालन

इन्द्रेणी संवाददाता
दाङ, ३० असोज । चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व सुरक्षा योजना २०७७ अघि सारेको छ । सो सुरक्षा योजनाअन्तर्गत नजिकिदै गरेको दशैं, तिहार र छटलगायतका पर्वमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

spचाडपर्व विषेश सुरक्षा योजनाबारे जानकारी दिदै एसपी गणेश चन्द

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमार्फत विभिन्न १३ किसिमका ड्यूटीका प्रकारमार्फत २८२ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, मोवाइल गस्ती, पैदल गस्ती, पिकेट, ट्राफिक चेकिङसहितको गस्ती, एम्वुसिङ तथा सरप्राइज गस्तीलगायत गरी १३ किसिमको ड्यूटी विभाजन गरी एक हजार ९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चाडपर्वको हुने गरेका अपराधिक गतिविधि रोक्नका लागि ठूलो संख्यामा सादा पोशाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज शुक्रवार पत्रकार भेटघाटको कार्यक्रम गरी चाडपर्व सुरक्षा योजना २०७७ आजै शुक्रवार बाट लागू भएको जनाएको छ ।

चाडपर्वको समयमा चोरीडकैटी, लुटपाट, सडक दुर्घटनालगायतका घटना हुने भएकाले यसमा सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ भने यस्ता गतिविधि कही कतै भइरहेको पाइएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

DDD

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com