koro

दाङमा थप ४५ जनामा कोरोना संक्रमण

इन्द्रेणी संवाददाता
दाङ, ३० असोज । दाङमा एकैदिन थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार विहीबार मात्रै घोराही उपमहानगरमा १६ जना, तुलसीपुरमा २२ जना, लमहीमा चारजना, शान्तिनगरमा एकजना, दंगीशरणमा एकजना र गढवामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

koroराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा तुलसीपुरमा कर्मचारीसहित २२ जनामा कोरोना पुष्टि भएको छ ।
जसमा चार महिला र १८ जना पुरूष रहेका छन । यससँगै तुलसीपुरमा कोरोना संक्रमित संख्या छसय ६८ पुगेको छ । जसमध्ये दुईसय २६ जना कोरोनामुक्त भएका छन् ।

जिल्लामा हालसम्म कुल संक्रमतिको संख्या एक हजार छसय ४७ रहेको छ भने एक हजार एक सय ५४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन चन्दले जानकारी दिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com