mrityu

रुखबाट लडेर एक जनाको मृत्यु

जितेन्द्र बुढाथोकी /रुकुमकोट
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा अरिङ्गाल पोल्न गएका एक व्यक्तिको रुखबाट लडेर मृत्यु भएको छ । सिस्ने ५ टाकुराका २७ वर्षका जनक बुढाथोकीको रुखबाट लडेर हिजो साझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाकुरा बस्ति भन्दा माथीको जंगलमा अरिङ्गाल पोल्न गएका बुढाथोकीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले बताउनुभयो ।

अरिङगाल पोल्नको लागि रुखमा चढेका बुढाथोकीले टेकेको रुखको हाँगा भाचिएपछि लडेर गम्भिर घाइते भएका उनलाई हिजो साझ नै जिल्ला अस्पातालमा पुर्याइएको थियो । अस्पातालमा पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको डिएसपी बज्राचार्यले बताउनुभयो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com