mask-coron

थपिए ३७४९ नयाँ कोरोना संक्रमित, कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुग्यो, ८४ हजार ५१८ निको भएर घर फर्किए

इन्द्रेणी संवाददाता
काठमाडौं, २९ असोज । नेपालमा आज बिहीवार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

mask-coronमन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ६९४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेका भने अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ जना पुगेको प्रवक्ता गौतमले बताए । वितेको २४ घण्टामा मात्रै ३ हजार ५६४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com