kk

चिठ्ठा पर्यो भन्दै महिलालाई ठगी गर्ने तीन जना प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, २९ असोज । दाङमा चिट्ठा पर्यो भन्दै महिलालाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका ६ का १८ बर्षीय सुमन झा, रौतहटकै गोनाही ६ का ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगञ्ज महानगरपालिका १६ नगवाका १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

kkप्रहरी प्रमुख गणेश चन्दका अनुसार उनीहरुले दाङ लमही नगरपालिका ५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा पर्यो भनेर ठगी गरेका थिए । उनीहरुले ती महिलाहरुलाई सामाजिक सञ्जाल इमोमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेका थिए । असोज २२ गतेका दिन पीडित महिलाले इमोमार्फत चिट्ठा पर्यो भनेर आफूहरुलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि उनीहरु पक्राउ परेको प्रहरी प्रमुख चन्दले बताए ।

121625837_682613845991425_2005209334580644539_nउनीहरुलाई रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा अर्का एक जनालाई पक्राउ गरेको हो । ती महिलाहरुलाई उनीहरुले आइएमइ तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत ६३ हजार रुपैयाँ रकम पठाउन लगाएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com