terr

नवनियुक्त तीन मन्त्रीले सपथ लिए

इन्द्रेणी संवाददाता
काठमाडौं, २९ असोज । नवनियुक्त तीन मन्त्रीले आज सपथग्रहण लिएका छन् ।

terrआज विहान शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । संविधानको धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई नियुक्तिको सिफारिस गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com