cow

दाङका पशुमा लम्पी स्किन भाइरसको संक्रमण

तिर्थराज ज्ञवाली
देउखुरी, २८ असोज । पछिल्लो समय राप्ती गाउँपालिका क्षेत्रका पशुमा लम्पी स्किन संक्रमण देखा परेको छ । यसको संक्रमण देखिएपछि पशु सेवा शाखाको आब्हानमा विशेषज्ञ टोलीद्धारा चेकजाच गरिएको छ ।

cowविभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परिरहेको अवस्थामा राप्ती गाउँपालिका क्षेत्रका देखापरेका विरामी पशुहरुको पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतको टोलिले चेकजाच गरेको पशुसेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए ।

राप्ती क्षेत्रमा ५ वटा पशुमा लम्पी स्किन संक्रमण देखापरेपछि पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डाक्टर कृष्ण राज पौडेलको समन्वयमा डा जितेन्द्र श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक मनराज सुनारको टोलिले विरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप संकलन गरि पुर्ण चेकजाचको लागि लगेको पशुसेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए ।

लम्पी स्किन संक्रमण देखा परेका बिरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप को नतिजा आगामी शुक्रवार सम्म आईपुग्ने र थप सो रोग बारे जानकारी तथा उपचार पक्ता लगाउन सकिने डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

डा जितेन्द्र श्रेष्ठले पशु पालक कृषक, राप्ती गाउँपालिकाका पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक, तथा पशु स्वास्थ्य कार्यकर्तालाई लम्पी स्किन रोग र सो रोगबाट पशुलाई बचाउने उपाएको वारेमा जानकारी गराए ।

लम्पी स्किनका विरामी पशुको स्वास्थ्य लाभको लागी पशु सेवा कार्यालय वाट तागतदार तथा शक्त्तिबद्धक औषधि उपलब्ध गरिएको छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ ।

यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको छ ।

लम्पी स्किन रोग विशेषगरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चिन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com