binod kc

जिल्ला बाल संगठनको अध्यक्षमा अधिकारकर्मी केसी नियुक्त

इन्द्रेणी संवाददाता 

दाङ, २८ असोज । नेपाल सरकारले जिल्ला बाल संगठन दाङको अध्यक्षमा अधिकारकर्मी बिनोद केसीलाई नियुक्त गरेको छ । मंगलबार महिला, बालबालिका तथा जेष नागरिक मन्त्री पार्वत गुरुङले अधिकारकर्मी केसीलाई जिल्ला अध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त अध्यक्ष केसी विगत डेढ दशकदेखि मानवअधिकार क्षेत्रमा सक्रिय छन् । मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) मा एक दशक कार्य गरेका केसी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को दाङ जिल्ला सहजकर्ता हुन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com