khade

दशैं र तिहारका लागि सस्तो पसल आजदेखि सञ्चालन

इन्द्रेणी संवाददाता
काठमाडौं, १५ असोज । हरेक वर्ष दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलेत (सस्तो) पसल आज बिहीबारदेखि उपत्यकासहित देशभर सञ्चालनमा आउने भएका छन् ।

khadeचाडपर्वको समयमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता पसलहरुलाई निरन्तरता दिदै आएको छ । यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ ।

यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी)ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म छुट हुनेछ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए ।

काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ ।

एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी १० छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपैयाँ छुट हुनेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com