120434834_2184472565010164_5464679548381547630_n

भाइरल बन्दै लोक गायीका कलाको गीत “लाहुरे आएन झुक्यायो” (भिडियो सहित)

इन्द्रेणी संवाददाता 
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी दर्शकहरु माझ आएकी छिन ।

संधै नेपाली औपचारिक पोशाकमा सजिएर आम दर्शक सामु आउने कसिलो जिउडालकी धनी लम्सालको दुरदराजका टिपिकल शब्द टिपेर गीत गाउनु छुट्टै बिशेषता हो ।

120434834_2184472565010164_5464679548381547630_n

नेपाली समाज र संस्कृतिलाई पश्चिमा शैलीको संस्कृतिले गाँजिएको बर्तमान अवस्थामा गायनको माध्यामबाट नेपालको संस्कृति प्रतिको मोह देखाउनु राष्ट्रकै लागि सुनौलो कुरा हो । यसमा झनै नेपाली औपचारिक पोशाकमा सजिएर छातीमा राष्ट्रिय झण्डा अंकित पोशाक पहिरिदा कलाको राष्ट्र प्रतिको आघात माया दृष्टान्त भएको पाइन्छ ।

आफ्ना यिनै राष्ट्रप्रेमी बिशेषताहरुले आम दर्शकहरुको बिचमा लोकप्रिय बनेकी लोक तथा दोहोरी गायीका लम्साल यतिबेला नेपाली सांगीतिक बजारमा लाहुरे आएन झुक्क्यायो बोलको गीतले चर्चामा छिन ।

120354875_3499565293434881_8200022703391681414_n

विभिन्न समयमा विभिन्न चर्चित गीतहरु गएर नेपाली दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायीका लम्सालको लाहुरे आएन झुक्क्यायो गीत यतिबेला भाइरल नै बनेको छ ।

बहुचर्चित तीज गीत पातलीको अपार सफलतापछी नेपाली लोक सांगीतिक आकाशमा मगमगाएकी लम्सालको गायन जस्तै नृत्य र अभिनय क्षेत्रमा पनि दख्खलता भएकाले उनकै आवाज, नृत्य र अभिनयको संयोजनमा लाहुरे गीत चर्चामा पुगेको हो ।

87775469_2463595637288357_7405297726029561856_n

हिन्दु नेपालीहरुको माहान पर्व दशैं र तिहारमा नेपालबाट प्रवासमा गएर लाहुरेको जागिर गर्ने नेपालीले घरमा बस्ने आफ्नी प्रियसीलाई घरमा आउँछु भन्दै झुक्याएको प्रसंग समेटिएको गीतले यतिबेला लाहुरेको घरमा कारुनिकता प्रदान गरिरहेको छ ।

गायिका कला लम्साल र गायक बिमल परियारको आवाजमा फरक अस्तित्व बोकेर आएको गीत ‘लाहुरे आएन झुक्कायो’ सामाजिक संजालाहरुमा यतिबेला भाइरल नै बनेको छ ।

सर्जक शिव हमालको शब्द तथा सङ्गीतमा सजिएको यो गीतमा मौसम हिमालिको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय नायक गम्भीर बिस्ट र कला लम्सालले अभिनय गरेका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com