corona

प्रदेश ५ मा एकैदिन तीन जना संक्रमितको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १४ असोज । प्रदेश नं. ५ मा आज एकैदिन थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा बुधबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

coronaआइतबार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका रुपन्देहीको देवदह ११ का ५५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट जाँच गर्दा कोरोना संक्रमण भएको देखिएपछि उनको सघन उपचार कक्ष राखेर उपचार गर्दै गर्दा ज्यान गएको हो ।

त्यसैगरी बाँकेमा पनि थप एक जना सङ्क्रमित महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का ३५ बर्षिय महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै बुधवारनै कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ का ५० वर्षकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गएराति भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com