koro

थपिए ११७२ कोरोना संक्रमित, मर्नेको संख्या ४३६ पुग्यो, ४९ हजार ९५४ डिस्चार्ज भएर घर फर्किए

इन्द्रेणी संवाददाता
असोज ७, काठमाडौं । नेपालमा आज बुधवार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koroस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप सात जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।
हाल होम आइसोलेशनमा ९ हजार १८६ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा ८ हजार २२८ जना रहेको मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन् भने १७ हजार ४१४ जना कोरोनाका सक्रिय संक्रमित छन् । अहिलेसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com