korona

बाँकेमा वडा अध्यक्षसहित दुई जनाको मृत्यु

इन्द्रेणी संवाददाता
बाँके, ७ असोज। बाँकेमा कोरोना संक्रमणबाट वडा अध्यक्षसहित दुई जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेका वर्दियाँ जिल्ला बारबर्दिया नगरपालिका ३ का वडाको उपचारका क्रममा भेरी अस्पतालमा ज्यान गएको हो ।

koronaस्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र वडा अध्यक्षको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार ठाकुरबाबाका पुरुषको मृत्यु मंगलवार साँझ भएको थियो भने बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्षको बुधवार विहान साढे १० बजे मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय वडा अध्यक्ष पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com