mahila samudayik (1)

ग्राहक संरक्षण कोषमार्फत सदस्यलाई सहयोग

हापुरे, ६ असोज । महिला सामुदायिक लघुबित्त बित्तीय सस्थाले उद्यम बिकास कार्यक्रम प्रबद्र्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई सस्थागत ग्रहक संरक्षण कोषमार्फत् ब्यबसाय प्रबद्र्धनका लागि अनुदान बितरण गर्न सुरु गरेको छ ।

mahila samudayik (1)सस्थाले बिभिन्न सात जिल्लामा रहेका आफ्ना ग्राहकलाई अनुदान रकम बितरण गर्न सुरु गरेको हो । सस्थाले हरेक सदस्यलाई २५ हजारका दरले अनुदान रकम बितरण गर्न सुरु गरेको छ । यसैक्रममा सस्थाले दाङका तीन पालिकामा औपचारिक कार्यक्रम गरेर अनुदान रकम बितरण गरेको हो ।

जिल्लाका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा रहेका १५ जना सदस्यलाई २५ हजारका दरले रकम बितरण गरेको जनाएको छ । ब्यबसायमा लागेका तथा ब्यबसायका लागि उद्धत रहेका सदस्यलाई अनुदान रकम बितरण गरिएको सस्थाका प्रमुख कार्यकारी प्रमुख बिमला योगीले जानकारी दिएकी छन् ।

अनुदान रकम बितरण कार्यक्रमलाई सम्बोधन गर्दै बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्माले महिलाको नेतृत्व र क्षमता बिकासका लागि महिला सामुदायिक लघुबित्त बित्तीय सस्थाले महत्वपुर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

सस्थाका प्रमुख कार्यकारी प्रमुख योगीले कार्यक्रमको बिषय तथा स्वागतबाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा खड्का, शान्तिनगर गाउँपालिका ३ का वडाध्यक्ष बुद्धिराम तिवारी, वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर केसीले आफ्ना विचार राखेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com