gulmi-pahiro1

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता 

गुल्मी , ६ असोज । गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

sahidsmriti

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।

घाइते तिलकको सोमबार राति नै उद्धार गरिएको भएपनि दुई जनाको भने मंगलबार बिहान शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव फेला पारेको गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उनले बताए । अनलाइन खबरबाट 

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com