koro

सिरहामा एकैदिन ५९ कैदीमा देखियो कोरोना

इन्द्रेणी संवाददाता
लहान, २६ भदौ । सिरहा जेलमा रहेका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०० जनाको स्वाब परीक्षण गर्दा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

koroसमान्य रुघा खोकी लागेको लक्षणहरु देखा परेपछि १०० जनालाई परीक्षण गर्दा ५९ जनामा कारोना सङ्क्रमण पुष्टि भएको जेल प्रमुख बबिता महतोले बताए । अझै जेलमा रहेका पाँच सय ९८ जनालाई परीक्षण गर्ने तयारी भइरहेको छ । बिहिबार मात्रै दुई सय ४६ जनाको स्वाब लिएको हो ।

१५ वटा कोठामा पाँच सय ९८ जना कैदीबन्दीलाई राखिएपछि सामाजिक दुरी पालना गराउन हमेहमे भएपछि १८ जना महिला कैदी बन्दीलाई अन्य जिल्ला सारेर जेल भित्रै आइसोलेशन कक्ष छुट्टयाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com