sampadakiya final

निषेधाज्ञाको अवज्ञा नगरौं

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालको सबैभन्दा बढी जनघनत्व रहेको राजधानी काठमाडौं उपत्यकामा समुदायस्तरमै फैलिएको देखिएको छ । कुनैवेला वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएकाहरुमा फाटफुट देखिएको कोरोना संक्रमण अहिले काठमाडोै उपत्यकालगायत अन्य जिल्लामा पनि बढ्दै गएको छ । दैनिकजसो हाम्रै समुदायभित्र देखिन थालेको छ । यसमा दाङ जिल्ला पनि अछुतो छैन । दाङमा पनि दैनिकजसो कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

sampadakiya finalजिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाको कोभिड १८ संकट व्यवस्थापन समितिले भदौ १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा जिल्लाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ/छैन भनेर पत्ता लगाउन सांकेतिक रुपमा पनि गरिएको हो । यो अवधिमा अहिले यहाँका स्थानीय तहहरुले समुदायस्तरबाट स्वाब संकलन गरेर परीक्षणको दायरा पनि केही बढाएको देखिएको छ । जिल्लामा पछिल्ला केही दिनमा भएका नमूना परीक्षणबाट बंैकका कर्मचारी, अस्पतालका चिकित्सक, कार्यालयका कर्मचारी र उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यसले विस्तारै दाङमा पनि समुदायस्तरमा कोरोनाको जोखिम बढ्दै गएको छ भन्ने संकेत हो । समुदायस्तरमा विस्तारै कोरोना संक्रमण फैलिदै गएको छ भन्ने हामी सबैलाई थाहा पनि छ तर हामीबाटै जिल्लामा लगाइएको निषेधाज्ञाको अवज्ञापनि भएको छ । यो कार्य सचेत नागरिकको जिम्मेवारीभित्र पक्कै पर्दैन ।

हो, निषेधाज्ञाले दैनिक काम गरी खाने वर्गलाई समस्या पारेको छ । उनीहरुमा रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढी छ । यसलाई राज्यका नियकाहरुले स्वाभाविक ढंगले कुनै पनि नागरिक खाना नपाएर भोकै मर्न हुँदैन भन्ने जिम्मेवारीका साथ हेर्नु पर्छ । यो राज्य अथवा राज्यका निकायको दायित्व पनि हो । स्थानीय तह यसमा वेखवर भएर बस्न पाइदैन कि उनीहरुको साँझ विहानको समस्या साधान गर्नुपर्छ होइन भने उनीहरुको काम गरेर खाने वातावरणमा सहजीकरण गर्नुपर्छ । यति भन्दैमा हामीले जानिजानी निषेधाज्ञाको उलंघन भने गर्नु हुदैन । जानीजानी हामीले राज्य पक्षबाट कोरोना संक्रमण जोखिम नियन्त्रण गर्नका लागि गरिएका नियम उलंघन गरियौं भने त्यसले भविश्यमा हामी र हाम्रो समुदायमा भयावह अवस्था ल्याउन सक्छ । निकट भविश्यमा कोरोनाकै कारण हाम्रो समुदायमा भयावह अवस्था आउन नदिन हामी आफै सचेत हुन आवश्यक छ । त्यसैले अनावश्यक रुपमा निषेधाज्ञाको अवज्ञा गरेर भिडभाड हुने कार्य हामी जनस्तरबाटै रोक्न गर्न आवश्यक देखिन्छ । अहिलेको कोरोना महामारीबाट आफू पनि बचौ अरुलाई पनि बचाउँ यही नै सचेत नागरिकको कर्ताव्य हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com