kalikot-pahiro

कालिकोट पहिरोमा हराएका दुई जनाको शव फेला

इन्द्रेणी संवाददाता
कालीकोट, १५ भदौ । कालिकोट तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा गएको पहिरामा परेर ज्यान गुमाउनको संखया दश पुगेको छ ।

kalikot-pahiroपहिरामा हराइरहेका दुई जना शव फेला परेपछि ज्यान गुमाउनेको संख्या दश पुगेको हो । गएराति भेरीगंगा नगरपालिका १ सुर्खेतका आइती खड्का र वीरेन्द्रनगर नगरपालिकाका अमृत थापाको शव फेला परेको हो ।

आइतवार एकै परिवारका चारसहित आठ जनाको शव भेटिएको थियो । पहिरोमा परेर २ जना अझै हराइरहेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com