sampadakiya final

कोरोना विरुद्धको लडाइ जित्न सावधानी अपनाउ

चीनको उहान सहरबाट फैलिएको कोराना भाइरस (कोभिड १९) विश्वभरी महामारीको रुपमा फैलिरहेको छ । लाखौको मानवीय क्षति गरेको छ भने विश्वको अर्थतन्त्रलाई तहसनहस नै बनाइदिएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपालमा समुदायमा नै कोरोना संक्रमण देखिन थालेको छ ।

sampadakiya finalनेपालमा आजभोलि दैनिकजसो कोरोनाबाट व्यक्तिको ज्यान जानेक्रम बढिरहेको छ भने संक्रमितको संख्या पनि ३८ हजार नाघिसकेको अवस्था छ । समुदायमै कोरोना संक्रमण देखिन थालेपछि सरकारले पनि सचेत हुन र उच्च सावधानी अपनाउन आम नागरिकलाई आग्रह समेत गरिसकेको छ । अहिले विभिन्न जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकार तथा स्थानीय प्रशासनले कतै निषेधाज्ञा त कतै लकडाउन, सिललगायतका कार्य अघि बढाएर कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । यसैक्रममा दाङमा पनि स्थानीय प्रशासनले आइतवार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा गरेको छ ।

हुन त जारी निषेधाज्ञाले दैनिक काम गरेर खाने वर्गलाई ठूलो असर पारेको छ । उद्योग व्यवसायीलाई ऋणमा चुर्लुम्म डुवाएको छ । दैनिक काम गरेरसाँझ विहानको हातमुख जोहो गर्ने वर्गलाई निकै समस्या बनाएको छ । यो एउटा जटिल पक्ष पनि हो । यसका लागि राज्यको निकायले उनीहरुको हातमुख जोहो गर्ने समस्या सामाधान गरिदिनु पर्छ । नागकिरलाई भोकै मर्न नदिने र उसका आधारभूत समस्या सामाधान गर्नु राज्यको दायित्व पनि हो । तर अहिले नेपालको मात्रै नभएर एउटा ठूलो चुनौतीको रुपमा कोरोना संक्रमण नियन्त्रण रहेको छ । यसैलाई हामीले निषेधाज्ञा उलंघन गरेर होइन इमान्दारिताका साथ पालना गर्दै सावधानी अपनाएमा हामी जोगिन सक्छौ र अरुलाई पनि जोखाउन सक्छौ । हामीले सुरक्षितसात काम गर्न सक्छौं । मास्क अनिवार्य रुपमा लगाउने, सामाजिक दुरी कायम राख्ने, पटक पटक सावुन पानीले हात धुने अथवा स्यानेटाइजरको प्रयोगलगायतका विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेमा कोरोना जोखिमबाट जोगिन सकिन्छ । यो महामारीको समयमा हामीले आफू, समाज र देशलाई जोगाउन सकियो भने हामीले भविश्यमा सोचेका ती सुनौला सपना पुरा गर्ने समय आउनेछ ।

त्यसैले पनि सरकारले दैनिक काम गरेर खाने वर्गलाई भोकभोकै मर्ने अवस्थामा पु¥याउनु हुदैन भने आम नागरिकले पनि कोरोना संक्रमण नियन्त्रणका लागि सरकार पक्षले जारी गरेका सुरक्षा सावधानीबाट वाहिर हुनुहुदैन । राज्यपक्षबाट आफूले नागरिकका लागि निर्वाह गर्ने दायित्व र नागरिकले आफूले नागरिकको हैसियतले गर्नुपर्ने कर्ताव्य पालना गर्न सकियो भने अहिलेको महामारीको रुपमा रहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न टेवा पुग्छ । तसर्थ राज्यले आफ्नो दायित्व र नागरिकले आफ्नो कर्तव्यलाई नभूले कोरोना महामारीसँगको लडाइ जित्ने पक्का छ ।      – सम्पादक

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com