pcr-mechine

चौरजहारीमा सञ्चालित पीसीआर प्रयोगशाला आर्थिक संकटमा

रुकुम, ४ भदौ । रुकुमपश्चिमको चौरजहारीमा सञ्चालन गरिएको कोरोना पीसीआर परीक्षण प्रयोगशाला आर्थिक संकटमा परेको छ ।

pcr-mechineचौरजहारी नगरपालिका वडा नं. २ स्थित जिल्ला आर्युर्वेदिक कार्यालयमा स्थापना गरिएको पीसीआर प्रयोगशाला आर्थिक संकटमा परेको हो । आर्थिक समस्याका कारण प्रयोगशालामा किट अभाव भएपछि संकलन गरिएका स्वाब सुर्खेत पठाउन थालिएको छ ।

चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेशिन सञ्चालनमा ल्याएको थियो । पीसीआर मेशिन खरीद तथा ल्याब सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार अनुदान दिएको थियो भने बाँकी ७१ लाख ६० हजार नगरपालिकाले लगानी गरेको छ । अहिले जिल्लामा संकलन गरिएका स्वावहरु परीक्षणका लागि सुर्खेतको प्रयोगशालामा पठाउने गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com