balaram_baniya_patrakar

दुई दिनदेखि वेपत्ता पत्रकार बलराम बानियाँ मृत भेटिए

काठमाडौं, २८ साउन। सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत फेला परेका छन् ।

balaram_baniya_patrakarमकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा पत्रकार बानियाँको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

बानियाँ दुई दिनदेखि घर नफर्किएपछि परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com