gausabha

राप्ती गाउँपालिकाद्धारा ५५ करोडको बजेट पारित

तिर्थराज ज्ञवाली
देउखुरी, २८ साउन । दाङको राप्ती गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो ।

gausabhaसंघीय समानिकरण, संघीय सशर्त, संघीय समपुरक, प्रदेश सशर्त, प्रदेश विशेष, प्रदेश समपुरक, संघीय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरी यस आर्थिक वर्षको कुल बजेट पारित गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष  नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालुतर्फ ७६ दशमलव २१ तथा पूँजीगततर्फ ६१ दशमलव ५१ प्रतिशतको वित्तीय प्रगति रहेको जानकारी गरिएको थियो ।

राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ ।

सभाले आर्थिक ऐन २०७७ मा संसोधनसहित कवाडि करको न्यूनतम ठेक्का २ लाख कायम गर्दै मालपोत कर संकलन तथा असुलिमा बजार क्षेत्र र राजमार्गको क्षेत्रको न्यूनतम जग्गा एक कट्ठा मानिदै आएकोमा कर संकलन गर्न उत्पन्न भएको समस्यालाई राजश्व परामर्श समिति मार्फत छलफल गराइ टुङ्गाउने अधिकार प्रत्यायोजन गरेको छ ।

सभामा बजेटउपर उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विधेयकमाथि विधेयक समिति संयोजक जगतबहादुर थापा, र आर्थिक ऐनमा सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले प्रष्ट्याएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com