udaya gm,

“श्रमजीवी पत्रकारका माग पूरा नभए नेपाल पत्रकार महासंघ श्रमअदालत जान तयार छ”-जी.एम.

दाङमा घर भएर विगत लामो समयसम्म दाङलाई नै कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका र हाल नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका  महासंघका सचिव उदय जिएमसँग वर्तमान समयमा पत्रकारितामा परेको असर र पत्रकारिताको चुनौतीलगायतका विविध विषयमा इन्द्रेणी अनलाइनले गरेको कुराकानीको सार संक्षेप ।   – सम्पादक

  • कार्यक्रममा यहाँलाई स्वागत छ ।
    – श्रनमस्कार धन्यवाद ।
  • लकडाउन पछि तपाइँ काठमाडौको बसाइलाई बिट मार्दै दाङतिरै हुनुहुन्छ के छ पत्रकारिताको राजधानीको अवस्था ?
    – सरकारले चैत ११ गते लकडाउनको घोषणा गर्यो त्यसपछि काठमाडौ बसिरहन अलि असहज हुन सक्ने आकलन गरिसकेपछि घरै बस्दा राम्रो होला जहान परिवारसंँग सहज होला सबै कुराको भनेर म चाहीँ चैत ९ गते दाङ झरेको लगातार यतै छु । अब अलि सहज भएपछि जाउला भनेको त्यो पनि कैले हो थाहा छैन ।
  • विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै त्रसित बनायो र अर्थतन्त्रलाई तहस नहस बनायो । सरकारले लकडाउन पनि गर्यो यसले समग्र पत्रकारिता क्षेत्रलाई कस्तो प्रभाव पार्यो ?
    – अब यसबारे बिस्तृत रुपमा के छ कस्तो असर परेको छ कसरी संचार माध्यम चलिरहेका छन् पत्रकारहरुलाई के–के असर पर्यो भन्ने विषयमा हाम्रो केन्द्रिय समितिले एउटा समितिनै बनाएर त्यसको अध्ययन गरिरहेको छ । सहज स्थिति आइसकेपछि त्यसलाई सार्वजनिक हुन सक्छ र पुस्तक कै रुपमा पनि प्रकाशित हुन सक्छ । त्यो डिटेलमा हामी नजाउ तर पनि समग्रमा भन्दा संञ्चार माध्यमहरु पहिलो एक हप्ता पूर्ण रुपमा बन्द रहे जस्तो मलाई सम्झना छ २०५८ सालको मंसिर ८ गते दाङ आक्रमण भयो । त्यसपछि अचानक अवस्था के आइदियो भने ११ गते संकटकाल घोषणा गरियो त्यसपछि मान्छेलाई के भइदियो भने के गर्ने के गर्दा राम्रो होला के गर्न हुने के गर्न नहुने सन्नाटा जस्तो भयो अलमल जस्तो मान्छेलाई र एक प्रकारको दिनहरु जाँदै गर्दा मान्छेहरु सहजता पूर्वक जीवनयापन गर्न थाले । अहिले पनि लकडाउन घोषणा भइसकेपछि अब यो त सायद इतिहासकै लकडाउन होला ? हाम्रो कुनै पुस्ताले पनि यो रोगसँंग सामना गर्नु परेको थिएन । लकडाउन पनि भोग्नु परेको थिएन । अहिले आइसकेपछि हाम्रो पुस्तालाई यो बज्रपात आइलाग्यो र के हुने कस्तो हुने भन्ने अवस्थामा मान्छेहरुले यो रोग कागजमा समेत कोरोना सर्छ भन्ने कुरा आयो त्यसकारणले एउटा मानिसहरूले कागज नछुने कुरा आयो । अर्को वितरण गर्न जाने समस्या भयो । बाहिर हिड्दुल गर्न बन्द भयो । कोरोनाको औषधि भन्या भौतिक दुरी कायम नै हो त्यसकारणले गर्दा पनि पत्रिका चाहीँ बन्द नगरी नहुने बाध्यता आइलाग्यो र एक हप्ता पन्ध्र दिन जति लगभग ठूला ठूला अहिलेसम्म इतिहासमा दशैमा एक दिन बन्द हुने कान्तिपुर दैनिक जस्तो पत्रिका बन्द हुनु पर्यो । नेपालकै नम्बर वान भनिएको अनि त्यहीबाट तपार्इँं आकलन गर्न सक्नु हुन्छ जिल्ला भरिका पत्रिका बन्द भए । राजधानीका त भए भए कान्तिपुर दैनिक नै बन्द भए पनि सकेपछि अरु कुरा गर्नु परेन । त्यस्तै केही अनलाइन हल्का फुल्का रुपमा संचालनमा आए । र ययले गर्दा कान्तिपुर त केही समयपछि खुल्यो अन्नपूर्ण दैनिक चाहीँ निरन्तर चलिराख्यो । केही पत्रिकाहरु डिजिटल भर्षनमा निस्किराखेका छन् तर बजार आइराखेका छैनन् । यस्तै एफ एम रेडियोहरुमा पनि पहिले ५/७ जनाले कर्मचारीले काम गर्थें भने पछि २/३ जनाले काम चलाउदै गित बजाएर भए पनि चलाउने काम भो तर समग्रमा तपाइँ देख्नुहुन्छ भने यसले गर्दा त्यति बेला बन्द भएका साप्ताहिक पत्रिकाहरु अझै पनि संचालनमा आउन सकेका छैनन् । त्यस कारणले असर एकदमै परेको छ । रेडियोमा भन्नुस् टेलिभिजनमा भन्नुस् र बिशेष गरी पृन्ट मिडियामा परेको छ र यसबाट एउटा जटिल अवस्था श्रृजना पनि भएको छ ।
  •  20200805153915_IMG_6381
  • मैले अझै जोड्न खोजेको कुरा के भने कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भइसकेपछि मिडिया हाउसमा प्रभाव पर्यो यसले श्रमजीवी पत्रकारलाई के कस्तो प्रभाव पर्यो ?
    – असर त परिहाल्यो नि रुख ढलेपछि त रुख मुनि बसेका मान्छेलाई स्वतः घाम परिहाल्यो नि । त्यस्तै हो यो पनि । जस्तो कान्तिपुर मिडिया ग्रुरुपले नै नारी र साप्ताहिक बन्द गर्ने निर्णय गर्यो र त्यो प्ल्याटफर्म नै नभए पछि त्यहाँ काम गर्ने ५०÷६० जना साथीहरू बिदा हुनु पर्यो । त्यस्तै अन्य मिडिया हाउसले पनि कतिपयले अहिलेसम्म तलब नदिने कतिपयले वेतलवी बिदामा बस्नुस् भनेर घरमै बस्नुपर्ने स्थिति र कतिपयलाई चाहीँ तपाइँ बिदा भएर जानुस् भन्ने स्थिति पुगिसकेको अवस्था छ । धेरै साथीहरू एक ठाउँबाट अर्काे ठाउँ जाने क्रम चलिराखेको छ र कतिपय साथीहरूले आफ्नै सानोतिनो लगानीमा केही स्वोरोजगार मुखी अनलाइनहरु स्वोरोजगार मुखी मिडियाहरु संचालन गरौ भनेर लागिराखेको र कतिपयले त संचालनमा समेत ल्याएको भन्ने पनि सुन्नमा आइराखेको छ । समग्रमा नेपालको पत्रकारिता क्षेत्रमा यस्ले ठूलो असर परिराखेको छ । किनभने अहिले हेर्नुस अझैसम्म खुल्न नसकेको के छन् भने स्कुलहरु छन ब्युटिपार्लरहरु छन् यस्तै गरी संचार क्षेत्र पनि डिजिटल मिडिया चलिराखेकै छ अरु मिडिया हल्का चल्न थाले ता पनि त्यहाँ पनि बिज्ञापन छैन मल्टिनेशनल कम्पनीहरु पनि बिज्ञापन दिएका छैनन् । र कसरी तलब खुवाउने त भन्ने छ यसले धेरै साथीहरूलाई एकदमै अप्ठ्यारो अबस्थामा ल्याइर्पुयाएको छ सायद मलाई लाग्छ मेरै जीवनमा पनि मिले यति धेरै अप्ठ्यारो भोगेन ।
  • यो लकडाउनले गर्दा थुप्रै समस्या उत्पन्न भयो यति हुँदाहुँदै पनि विसौँ बर्षदेखि पत्रकारिता क्षेत्रलाई नै प्रमुख कार्यक्षेत्र बनाएर एउटा रोजीरोटीको बाटो बनाएका श्रमजीवी पत्रकारहरु त अब तपाइँहरु बेतलबी बिदामा बस्नु पर्यो अब हामी तपाइँलाई तलब दिन सक्दैनौं भन्ने अवस्था आएपछि त पत्रकारहरुको अवस्था त दयनिय नै भयो होला ?
    – दयनिय नै भएर पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । र त्यो आन्दोलन किन भने जस्तो बेतलबी बिदामा बसेका साथीहरूलाई काममा बोलाउ निकालिएका साथीहरूलाई फिर्ता गर र तलब नदिएका साथीहरूलाई तलब देउ भनेर पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । र यही बिचमा पनि हामीले ठूलो ¥याली भयो पत्रकारहरु त सिमित संख्यामा हुने न हो तर पनि तुलनात्मक रुपमा अहिलेको आन्दोलनको जुन सुरुवात हामीले बानेश्वरमा गर्यौं त्यो आन्दोलनमा साथीहरूको धेरै ठूलो रुपमा सहभागिता रह्यो । त्यो एउटा सांकेतिक रुपमा थियो भने त्यसपछि हामी मिडिया हाउसमा जस्तो नागरिक दैनिकको कार्यालयमा कालो ब्यानर प्रदर्सनदेखि लिएर एपी वान टेलिभिजनको कार्यालयमा धर्ना दिने काम पनि गरिएको छ र पत्रकार महासंघले सबै मिडिया हाउसलाई पत्र लेखेर दबाब पनि दिइ राखेको छ र केही कामहरु भइ पनि राखेका छन् सकारात्मक असर पनि परिराखेको छ ।
  • पत्रकारहरु भनेका अन्याय अत्याचारमा परेका आवाज हिनका आवाजहरु बोल्ने पत्रकारहरु आफैमा अन्यायमा परेर जुन तपाइँहरु महासंघबाट अहिले आन्दोलनमा हुनुहुन्छ के यो आन्दोलनले सफलता हाँसिल गर्छ जस्तो लाग्छ ?
    20200805154106_IMG_6389 लाग्छ एउटा कुरा के भने बत्ती मुनिकी अँध्यारो भन्छन् नि त्यस्तै जस्तो अर्काको समस्या देशको समस्या क्षेत्रको भाषाभाषी बर्ग लिंङ्गको समस्यालाई उत्खनन गरेर सरकारसम्म र्पुयाउने जुन पुलको माध्यम हुन त्यही निकायलाई नै यस्तो अप्ठ्यारो आइलागेको छ र अहिले मैले केही समय अगाडि पनि कुरा भएको थियो महासचिव रमेश बिष्ट ज्यूसंग उहाँका अनुसार धेरै ठाउँमा जसरी पत्रकार महासंघले लिखित रुपमा महासचिवको हस्ताक्षरमा मिडिया हाउसहरुलाई पत्र पठाएको छ । त्यस अनुसार कैयौं मिडिया हाउसहरु जस्तो तपाइँलाई उदाहरण दिउ उज्यालो नेट्वोर्क छ त्यसमा पनि समस्या थियो अनलाईन पत्रिका रेडियो त्यहाँ पनि महासंघको नेतृत्वसँंग सम्बाद भयो ९९ दशमदव ५ समस्या हल भएको छ । केही प्राबिधिक कारणले एक जना साथीको समस्या देखिएको छ । त्यस्तै कान्तिपुरमा पनि अब ८÷९ जना साथीहरू मात्रै बाँकी हुनुहुन्छ बाँकी सबै समस्या समाधान भो भन्ने सुनिएको छ र उहाँहरु पनि आफ्नै तरिकाले स्वछिक अवकाश ल्याएर आयौं भन्ने रहेको छ । त्यस्तै एपी वन टेलिभिजनमा पनि र अरु समस्या ग्रस्त मिडिया हाउस हुन बढी देखिएको भनिएको पनि ठूला मिडियाहरुमा हो समस्या बरु स्वोरोजगार मुलक मिडियाहरु छन् त्यहाँ त्यति देखिएको छैन समस्या ठूला मिडियाहरुमा समस्या देखिएको छ । त्यहाँ चाहीँ महासंघको निरन्तर खबरदारी निरन्तर दबाब निरन्तरको पत्राचार र निरन्तर सम्बाद अनि तपाईंँहरुले हाम्रो यी यी माग पूरा नभए हामी श्रमअदालत जान्छौं । भनेर पनि हामी अगाडि बढी राखेका छौ । कानुनी पाटो दबाबको पाटो संघर्षको पाटो सबै एक साथ चलिरहेको छ र राम्रो परिणाम आइराखेको छ ।
  • तपाइँले यति भनिरहदा मिडिया हाउसले मिडिया नै संचालन गर्न नसक्ने अबस्थामा छन् तिनीहरुलाई त तपाइँहरुले सबैलाई राख्नुपर्छ तलब दिनुपर्छ जसरी भए पनि पाल्नुपर्छ भन्ने अबस्था आउदा मिडिया हाउ लाई ‘खाए खा नखाए घिच’ भन्ने अवस्था आउने अथवा के हुन्छ ?
    – हैन हाम्रो भनाइ के हो भने मिडिया भर्खरै चलाएको त हैन बर्षौदेखि हामीले थाहा पाउँदादेखि नै चल्दै आएका हुन जस्तो कान्तिपुर कै उदाहरण दिउ अन्नपूर्ण कै उदाहरण दिउ । उनीहरु महिनामा करोडौंको ब्यापार गर्छन् उनीहरु अनि त्यो मिडियाको लगानी लगाएर उनीहरु अन्यत्र पनि अरु ब्यापार गरी राखेका हुन्छन् । एक महिना दुई महिना बन्द हुदैमा पत्रिका नचल्दैमा साहुहरु चाहिँ कर्मचारीलाई तलब नै दिन नसक्ने अबस्थामा छन् भन्ने हामीले मान्दैनौ त्यसकारण उनीहरुले कम्तिमा पनि ५÷७ महिनासम्म वर्षदिन पनि पाल्न सक्छन् । अहिले समस्या छ तर उनीहरुले त ठूलो लगानी लगाएका छन् र ठूलो आम्दान ल्याइ राखेका छन् । देशको एउटा एक नम्बरको पत्रिका भन्छन् दुई नम्बरको पत्रिका भन्छन् पाँच नम्बरको पत्रिका भन्छन् ठूलो काम गरिराखेका छन् नि त उनीहरुले त्यही मिडिया देखाएर अरु ब्यापार पनि गरिरहेका छन् । त्योबाट पनि स्वार्थ ल्याइ राखेका छन् । तर यो छोटो समयमा बस्दा विसौँ बर्षदेखि काम गरिराखेको छ पेन्सन पाक्ने बेला भैसक्यो सरकारी जागिर भएको भए । त्यसकारण यहि कारणले गर्दा तपाईंहरू जानुस भन्ने तलब नदिने आधा तलब दिने मानिन्न भन्ने महासंघको धारणा हो ।
  • यसको मतलब तपाइँहरु लामो समयदेखि चलाउदै आउनु भएको छ केही न केही कमाउनु भएको छ केही न केही तपाइँहरुको बैंक ब्यालेस छ केही समयको लागि भए पनि त्यहीबाट दिनुस् भन्ने हो ?

– हो बैक जम्मा छैन भने पनि गर्नु र्पयो । किन गर्नु र्पयो भने पत्याउने कुरा गर्नु र्पयो नि त जसका लागि उसले सारा जीवन खर्ची सक्यो । आफ्ना एउटा उर्वर जीवन त्यहा खर्चिसक्या छ र यस्तो बेलामा अप्ठ्यारोमा परेको बेलामा मिडिया हाउसले तलब दिन सकिन्न भन्ने कुरा मान्न सकिन्न र त्यही अवस्थामा कुरा अगाडि बढाइएको हो ।

  • प्रशंग बदलौँ पछिल्लो समय जुन छापा पत्रिका भन्दा अझ चलाख बन्दै डिजिटल पत्रिका आइरहेको छ यसलाई अझ विस्वस्नीयता गराउनको लागि के गर्नुपर्ला जस्तो लाग्छ यहाँलाई ?
    – पहिलो कुरा त यस्मा सरकार नै लागि परेको छ । तर यद्यपि सरकारसँंग हाम्रा केही असहमति पनि छन् र असहमतिका बुदाहरु राखेका छौँ । यसलाइ एकदमै अंकुस लगाउने पाराले आएका बुदाहरु खारेज हुनुपर्छ संसोधन हुनुपर्छ भन्ने हाम्रो माग छ । तर एउटा सिस्टममा पक्कै पनि जान्छ र विस्वस्नीयता बनाउनलाई यो क्षेत्रसंँग संबंधित ब्यक्तिहरु जिम्मेवार ब्यक्तिहरु आउनुपर्छ । यस्लाइ संलाउदै लैजानुपर्छ यदि धुमिलो छ भने पनि भन्ने हो ।
  • अनि डिजिटल मिडिया आइसके पछि ठूला या साना छापा पत्रिका छापा मिडियाहरुले साप्ताहिक मासिक पत्रिकाहरुले सूचना सम्प्रेषण गर्नलाई हामी ढिला हुन्छौ । हामीले अब डिजिटल तिर जानू पर्छ भन्ने सोचाइ राख्दा उपयुक्त हुन्छ या यसको छुट्टै बिस्वस्नीयता हुन्छ यसबारे महासंघको के छ धारणा ?
    – महासंघभन्दा पनि ब्यक्तिगत रुपमा भन्दा पनि त्यही हो जहाँसम्म पृन्ट मिडियाको जमाना अझै सकिएको जस्तो मलाई लाग्दैन । हाम्रो नेपालको सन्दर्भमा अझै केही वर्ष केही दशक जान्छ र यस्को बिस्वस्नीयता जसरी आर्जन गरेका छन् त्यो अनुसार अगाडि बढछ नै तर समग्रमा ढिलो या चाँडो डिजिटल मिडियामा जानू पर्छ भन्ने मानसिकता हामी काठमाडौमा पनि पाउछौँ । एक न एक दिन सवै डिजिटल मिडियामै जानू पर्ने बाढ्यता आउन सक्छ । किनभने अब इन्टरनेटको जमाना आइसक्यो गाउँ÷गाउँमा मोबाइल इन्टरनेट छ त्यसले गर्दा यो चाहीँ बढ्छ किन पनि बाढ्छ भने हामी यता कुरा गरी राखेका छौ ।
    उता स्रोेत र दर्शकसम्म पुगिसकेको हुन्छ । सँंगसँंगै सेम टाइममा त्यस कारण यो निकै प्रभावकारी छ तर अघि भने नि जसरी यताबाट उता संगसंगै भैराखेको छ भने प्रशारण गर्नेले सन्देश र्पुयाउने हो संचार माध्यममा क्रियाशील साथीहरूले सचेत चाहिँ हुनैपर्छ । किन कि त्यहाँ रोक्ने वा छेक्ने भुल सुधार गर्ने ठाउँ छैन । सिधै पाठक दर्शक श्रोता कहाँ जान्छ र केही गल्ती भयो भने त्यो म्यासेज चाहिँ सिधै जनतामा जान्छ । त्यस कारण बढी संबेदनसिल बढी जिम्मेवारी हुन जरुरी छ । त्यही नभएका हुनाले यो मिडियामा बिस्वस्नीयता कम देखिन्छ तर पनि भोलि क्रमशः संग्लिदै जान्छ ।
  • लामो लकडाउन पछिको केही खुकुलो पारिएको अवस्था छ केन्द्र फेरि केही समयको लागि लकडाउन गर्ने कि भन्ने हल्ला चलिरहेको छ । अब यस्तो अबस्थामा नेपाल पत्रकार महासंघले हेटौंडामा राष्ट्रिय भेलाको आयोजना गर्ने लागेको छ यो विषम परिस्थितिमा राष्ट्रिय भेला गर्न उपयुक्त होला ?
  • 20200805153750_IMG_6378

– अलिकति सहज परिस्थिति देखिएको हुनाले हामिले हाम्रो दशौँ पूर्ण बैठकबाट हेटौंडामा राष्ट्रिय भेलाको आयोजना गरेका हौँ । यो किन पनि गरिएको हो भने अब पत्रकार महासंघको कार्यकाल भदौ ५ गत्ते हामी महाधिवेशन भयो र ६ गते हामी निर्वाचित भयौं । त्यसकारणले पनि हाम्रो कार्यकाल समाप्त हुदैछ केही दिन पछि त्यसैले यही अवधी भित्र कम्तिमा महाधिवेशनको मिति चाहि घोषणा गरौ भन्ने हो । तर यो असहज परिस्थिति भएपछि हामीके अहिले पछिल्लो चरणमा अघि पनि चर्चा भयो डिजिटलको कुरा हाम्रो दशौँ पूर्ण बैठक हामीले भर्चुअल मिटिङबाट र्गयौं । जो जो राजधानीमा हुनुहुन्थ्यो उहाँहरू केन्द्रिय कार्यालयमा जानुभयो । बाँकी हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जो जहाँ छौ त्यहीबाट हामी भर्चुअल मिटिङ र्गयौ जुन बैठक हामीले महेन्द्रनगरमा गर्ने निर्णय गरेका थियौँ जुन कोरोना महामारीका कारण हुन सकेन । हामीले यस्तै पदाधिकारीहरुको मिटिङ पनि भर्चुअल बिधिबाटै गरिराखेका छौ । ११ औं पूर्ण बैठक अलि ठूलो मात्रामा सम्पन्न र्गयौं र अहिले पनि केन्द्रिय कमिटी र शाखा अध्यक्ष सहभागी हुन्छ र त्यसका लागि करिब हामी १ सय देखि डेढ सयसम्म हुने अनुमान छ । त्यो अबस्थामा पनि हामी भर्चुअल मिटिङ गर्ने एकै चोटि संभावना नभए पनि प्रदेशवाइज गरेर भए पनि भनेको टाइममा राष्ट्रिय भेला चाहिँ गर्छौ । महाधिवेशन चाहिँ कोरोनाको प्रकोप कस्तो रहन्छ त्यसै अनुसार गर्ने महाधिवेशनको मिति तय गरेर अगाडि जान्छौं ।

  • एउटा व्यक्तिगत प्रशंग जोडौं तपाइँ लामो समयदेखि राष्ट्रिय स्तरको पत्रकारिता गरेको र लगभग दुई दशक बिताउनुभयो र अहिले तपाइँ पत्रकार महासंघको केन्द्रिय नेतृत्वमा हुनुहुन्छ र महासंघले छिटै महाधिवेशन पनि गर्दैछ अबको महाधिवेशनमा तपाइँलाई यो महासंघको सचिव भन्दामाथि लडौ भन्ने लागेको छैन ?
    – हैन त्यस्तो त कसलाई पो हुन्न र जसलाई पनि हुन्छ र स्वभाविक नै हो मलाई पनि छ हुन त के के हुन पाए हुन्थ्यो भन्ने छ तर जे सम्भव छ त्यो त हुनुपर्छ । त्यसको लागि पहल गर्नुपर्छ भन्ने नै हो । तर यहाँ संगठनका कुरा हुन्छन् त्यस्तै टिकट पाउने कुराहरु होलान लगायतका कुराहरु धेरै छन अब तिनी सबै तारतम्य मिलाएर अझसम्म नेतृत्वमा अझै जाने भन्ने नै हो ।
  • अन्तमा इन्द्रेणी अनलाइनमार्फत थप केही भन्नु छ कि ?
    – अरु केही भन्नु छैन भएको मैले भनिहाले खास गरेर इन्द्रेणी अनलाइनले आफ्नो विस्वस्नीयता मुख्य कुरा के हुदो रहेछ भने कुनै पनि संचार माध्यमको पुूँजी भनेकै बिस्वस्नीयता हो । यो गुम्यो भने फेरि अगाडि बढ्न गाह्रो हुन्छ । त्यसकारण अगाडि बढनलाई कही कतैपनि गल्ती नगरेर सत्य तथ्य र सूचनामुलक विषयवस्तुलाई प्रकाशित गरेर बिस्वस्नीयता बढाओस् । एउटा अनलाइनको बिस्वस्नीयता बढेमा अरु अनलाइनको पनि बिस्वस्नीयता बढ्छ एउटाले घटाएमा सबैले गाली खाने हो । बिस्वस्नीयता राख्न के गर्नुपर्छ मिडिया हाउसले सोचोस त्यसरी नै तपाईंँहरु अगाडि बढ्नुस् । यसो भएमा तपाईंँ जहाँ नेर पनि ठाडो शिर पारेर उभिन सक्नुहुन्छ ।
  • ब्यस्त समयका बाजुत पनि हामीलाई समय दिनुभयो समय र सम्बादको लागि यहाँलाई धेरै धेरै धन्यवाद । आगामी महाधिवेशनको पनि यहाँलाई अझ माथिल्लो पदका लागि शुभेच्छा र शुभकामना छ ।
    – धन्यवाद इन्द्रेणी अनलाइनले मेरो कुरा पाठक/दर्शक माझ लैजाने जमर्काे गरेको छ त्यसको लागि सम्पुर्ण इन्द्रेणी अनलाइन परिवार धन्यवाद ब्यक्त गर्न चाहन्छु ।
    https://youtu.be/LO9J3XYugBw

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com