pyuthan

प्यूठानमा समुदायस्तरमै फैलियो कोरोना दुई वडा सील

राजेश जीसी
प्यूठान, २२ साउन । प्यूठान नगरपालिका वडा नं. ७ र ८ मा आज बिहिबार बिहानदेखि सील गरिएको छ । पालिकामा समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख ब्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका क्षेत्रलाई पूर्ण रुपमा सील गरिएको हो ।

pyuthanबुधबार बसेको नगर स्तरीय सिसिएमसीको बैठकले आजदेखि २५ गतेसम्मका लागि सील गर्ने निर्णय गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

बैठकले अत्याबश्यक काम बाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा क्षेत्र पूर्ण रुपमा बन्द गरेको छ । उता बुधबार ट्राभलहिस्टी नभएकी एक जान २२ बर्षिया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि प्यूठानमा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । उनको परिवार होटल ब्यवसायसगँ आबद्ध भएकोले उनको सम्र्पकमा आएका छिमेकी तथा परिवारका सदस्यको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

योसंगै प्यूठान नगरपालिकामा हालसम्म ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ८९ जना संक्रमण मुक्त भएका छन भने ५ जना आइसोलेसनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com