20200805_100944

महराद्वारा शहीद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको अनुगमन

इन्द्रेणी संवाददाता 

पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले दाङ घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राबिधिक  शिक्षालयको अनुगमन गरेका छन ।

20200805_100944

नेपाल सरकारद्वारा प्रदेश नम्बर पाँचको नमुना शिक्षालय घोषणा गरेको शिक्षालयमा नवनिर्मित भवनको पूर्व सभामुख महराले अबलोकन गरेका हुन । शिक्षालय अबलोकनका क्रममा शिक्षालयका प्रमुख यादव सुवेदीले शिक्षालयमा नियमित रुपमा नयाँ नयाँ कार्यक्रमहरु थपिदै गएको र सिटिइभिटीबाट सम्बन्धन दिने अधिकांश बिषयहरु बिस्तारै थप गर्दै जाने भएकाले शिक्षालयलाइ जमिनको अभाव हुन सक्ने बताएका थिए ।

20200805_101030

शिक्षालयका लागि जमिन नथपिएर कार्यक्रम मात्र थप भए भोलिका दिनमा शिक्षालयलाई समस्या हुने बताउदै जमिन थपका लागि पहल गरिदिन शिक्षालय प्रमुख सुवेदीले महरालाई अनुरोध गरेका थिए ।

117368149_338001647376291_3807369753321754658_n

जबाफमा महराले यहाँका नागरिकहरुले बिद्यालयको जमिन शिक्षालयलाइ दिएर शिक्षालय स्थापित गर्न ठूलो योगदान दिएकाले अब बाँकी अपुग जमिनका लागि पनि स्थानिय अग्रसर हुनेबाताए । यति महत्त्वपूर्ण शैक्षिक संस्था यो ठाउँमा आउनु अत्यन्तै खुसिको कुरा भएको बताउदै पूर्व सभामुख महराले यसको बिकास र निर्माणका लागि सबै लागिपर्नुपर्ने बताए ।

117169204_995585260883256_5750911753557845498_n

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com