landslide

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउने आठै जनाको सनाखत

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएराति गएको पहिरोमा परेर ज्यान गुमाउने आठै जनाको शव भेटिएको छ ।

landslideज्यान गुमाउनेहरुमा  ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा सबै कभर्ड हल निर्माणमा खटिएका मजदुर हुन् । पहिरोमा परी घाइते भएका भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको लगिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com