pairo

सिन्धुपाल्चोक पहिरामा पुरिएका तीन जनाको शव फेला पर्यो

सिन्धुपाल्चोक, १९ साउन । अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी वेपत्ता भएकाहरुमध्ये तीन जनाको शव फेला परेको छ । शव फेला परेपनि उनीहरुको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ ।

pairoसोमबार बिहान साढे ३ बजेतिर मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा सात नेपाली र एक जना भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका थिए ।

उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com